अपराधलाई प्रोत्साहन गर्दै एनसेल, दाल चामल झैं बेचिन्छ सिमकार्ड

Ncell brand logo

यदुनाथ बञ्जारा पोखरा  । राज्यलाई ३५ अर्व भन्दा बढि लाभकर नबुझाई अटेर गर्दै आएको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सिम कारोवारमा मनोमानी गरेको छ  । राज्यले बनाएको नीति नियम विपरित एनसेलले व्यापारको आयातन बढाउन बजारमा जथाभावी सिम विक्री गर्दै आएको पाइएको छ  । मोवाइल सेवा प्रदायक कम्पनीहरू मध्य आफूलाई सर्वाधिक ग्राहक भएको दावी गर्ने एनसेल एक्जिाएटा कम्पनीले दाल चामल विक्री गरे झै गरि सिम कार्ड विक्री गर्दै आएको छ  ।

बजारका अधिकांस पसलहरूमा एनसेलका सिमकार्डहरू नागरिकता र फोटो विना नै वेचविखन हँुदै आएको पाइएको छ  । स्याङ्या वजारको आले घडी तथा रेडियो पसलवाट एनसेलको सिम किनेका अजय खानले भने–‘मसँग नागरिकता फोटो केहि मागेन डेढ सय रुपैया तिरेर सिम किने  ।’ यस्तै पोखराका दिवस श्रेष्ठले पनि डेढ सय मा सिम किनेका छन्  । उनीसँग पनि नागरिकता र फोटो पनि मागिएन  । यो दुई पात्र उदाहरण मात्र हुन्  ।

दैनिक हजारौं एनसेल सिम कार्डहरूको अवैध कारोवार भइरहेको बजार सर्भेक्षणवाट थाहा हुन आउँछ  । यसरी अनियमिति रुपमा एनसेलका सिम वितरण भएपछि भिओआईपीसँग एनसेल जोडिदै आएको छ  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) ले भिओआईपी सञ्चालक राकेश गिरीलाई पक्राउ गर्दा उनको साथबाट ८० भन्दा थान एनसेलका सिम बरामद भएका थिए  । ति पनि विभिन्न व्यक्तिका नाममा थिए  । एनसेलले ग्राहक बढाउने नाममा जथाभावि सिम वितरण गर्दै आएको छ  । कसले कहाँबाट सिम किनेको हो भन्ने कुनै एकिन छैन, यसो हुँदा उपराध बढ्न सक्ने सुरक्षा विद्हरू दावी गर्छन्  । दर्ता र परिचय विना सिम विक्री कारोवार गर्ने कार्यमा एनसेलको व्यवस्थापन पक्षको प्रत्यक्ष मिलेमतो रहेको स्रोतको भनाई छ  ।

नागरिकता र फोटो विनाको ग्राहकलाई सिम कार्ड वेचेर एनसेल एक्जिएटा कम्पनीले मुलुकको ऐन कानूनलाई अवज्ञा गरी शान्ति सुरक्षा माथि खेलवाड गर्दै अपराध कर्मलाई प्रोत्साहन गर्दै आएको छ  । यस विषयमा राज्य कुम्भकर्ण निन्द्रामा छ  । करोडौं खर्च गरेर पालिएका राष्ट्रिय अनुसन्धान, अरवौं खर्च गरिएका प्रहरी प्रशासन ऐनसेल प्रकरणमा किन मौन छन् ? राज्यलाई तिर्नु पर्ने अर्वौ कर राजस्व समेत नतिरेर ठाडै चुनौती दिई रहेको एनसेल कम्पनी फेरी राज्यमाथि जथाभावी सिमकार्ड वेचेर अर्को वितण्डा मच्चाइरहेको छ  । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ। पोखरामा एनसेलको डिस्टिव्यूटर्स रहेपनि अनियमित कारोवारले तिव्रता पाएको छ  ।अधिकांस पसलहरूमा एनसेलले व्यक्तिको परिचय र फोटो विना नै तोकिए भन्दा दोब्वर मुल्यमा सिमकार्ड विक्री गर्दै आएको छ  । अनियमित बाटोवाट मनपरि ढंगले सिमकार्ड विक्री गरिदा शान्ति सुरक्षामा प्रभाव पर्ने कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए  । नियमानुसार सिमकार्ड विक्री नगर्ने कम्पनीलाई वोलाएर छानविन गर्ने सिडिओ मैनालीले बताए  ।

प्रतिक्रिया

सम्बन्धित