एसपीको कमजोर कमाण्डले चितवनमा अपराध बढ्यो

nepali-police-logo-चितवन  । भरतपुर उपमहानगरपालिका वडा नं २ मिलनरोड, नारायणगढमा रहेको आधुनिक सुनचाँदी पसलबाट केही दिन अघि चार किलो सुन, चार किलो ५०० ग्राम चाँदी र सात लाख नगद अनौठो तरिकाले चोरी भयो  । प्रहरीले अहिलेसम्म चोर पत्ता लगाउनु त परै जाओस् अनुसन्धानको लागि कुनै बैज्ञानिक प्रक्रिया अपनाउन सकेको छैन  । चोरी भएको ठाउँमा अवलोकन गर्ने र सिसी क्यामेराका फुटेजहरु निगरानी गर्ने बाहेक कुनै काम हुन सकेको छैन  । जिल्ला प्रहरी कार्यालय, चितवनको प्रहरी प्रमुखमा एसपी दिपक थापा आएसँगै चोरी, लुटपाट र अपराधका घटनामा बृद्धि हुन थालेका हुन्  ।

 विप्लव माओवादीले दिनदहाडै व्यापारीहरुलाई पत्र पठाएर चन्दा आतंक मच्चाउँदा समेत एसपी थापा नथापाए झैं गरी कानमा तेल हालेर बसेका छन्  । जिल्लामा आउनासाथ स्वागतका कार्यक्रममा फूलमाला लगाउँदैमा व्यस्त एसपी थापाले दुई महिनाको बीचमा कुनै उल्लेखनिय काम गर्न सकेका छैनन्  ।

 त्यसको एकमात्र कारण हो उनको कमजोर कार्यशैली  । चितवन आउनासाथ चोरी गाडी र मोटरसाईकलको तस्करी गर्ने गिरोहलाई कानुनी कठघरामा उभ्याउन अप्रेसन चलाएका एसपी थापाले अहिलेसम्म मुख्य गिरोहलाई पक्राउ गर्न सकेका छैनन्  । बद्नाम घुमुवा परिचालन र भ्रष्ट कार्यशैलीका कारण एसपी थापा असफल हुने खतरा बढेको छ  । एसपी थापाले आउनासाथ आफूसँगै गौरमा बसेका बद्नाम हवल्दार रामप्रवेश यादवलाई चितवनमा भित्र्याएका छन्  ।

 त्यस्तै अर्का बद्नाम सई त्रिभुवन शाहलाई पनि भित्र्याएका छन्  । मासु पसलेसँग रकम असुलेको पुष्टि हुँदा समेत हवल्दार यादवलाई एसपीले अहिलेसम्म कारबाही गरेका छैनन्  । त्यस्तै चोरीको गाडिको गिरोहसँग रकम असुल्ने र अदालतमा सेटिङ मिलाउने नाममा पैसाको मोलमोलाई गर्ने असई कमल परियारलाई पनि एसपी थापाले असुल्न छुट दिइरहेको चितवन प्रहरीकै एक अधिकारी बताउँछन्  ।

 समाजसेवाको आवरणमा महिलामाथि नै अत्याचार गर्ने आरोप खेप्दै आएकी मञ्जु खाँडसँग मिलेर पैसा असुल्ने असई कल्पना खड्कालाई महिला सेलमा राखेपछि प्रहरीमा विवाद बढेको छ  । केही समय अघि खाँडकै आग्रहमा लेनदेनको केसमा एक व्यापारीलाई दुईसम्म थुनामा राखेर दुई लाख ५० हजार असुलेपछि छाडिएको थियो  । ‘अहिले चितवन प्रहरीमा खाँडको यतिसम्म चलखेल बढेको छ कि उनको आग्रहलाई एसपी थापाले इन्कार गर्न सक्दैनन्  ।’–ति प्रहरी अधिकारीले बताए  ।   यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित