भूकम्पपीडितका लागि वितरण गर्ने ट्याक्सीको अन्तिम नामावली तयार

taxiकाठमाडौं : सरकारले भूकम्पपीडितलाई खुला गरेको १५ सय ट्याक्सीका लागि आवेदन दिनेहरूको अन्तिम नामावली तयार गरेको छ । दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगा गरी १४ जिल्लालाई सरकारले भूकम्पबाट अति प्रभावित जिल्लामा सूचीकृत गरेको छ । यातायात व्यवस्था विभागले १ लाख ४८ हजार आवेदकको नामावली तयार पारेको हो। विभागले नामावली तयार गरी भूकम्प प्रभावित जिल्लामा पठाउने र नाम दोहरिए/नदोहोरिएको हेरेर अन्तिम रुजु गरी सम्बन्धित जिल्लाले पठाएपछि गोलाप्रथाद्वारा ट्याक्सी नम्बर वितरण प्रक्रिया अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित