आज बस्ने प्रतिनिधिसभा बैठकका यस्ता छन् कार्यसूची...

samsad

 

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ । आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । 

संसद् सचिवालयका अनुसार मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने छ ।

बैठकमा नेमकिपाका सांसद प्रेम सुवाल र राजमो सांसद दुर्गा पौडेलले चारवटै मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, माओवादी सांसद आशाकुमारी विकले श्रम मन्त्रालय, सांसद नरबहादुर धामीले मन मन्त्रालय, एमाले सांसद भानुभक्त ढकालले पर्यटन मन्त्रालय र बसन्तकुमार नेम्बाङले भौतिक पूर्वाधार मन्त्रालय शीर्षकको खर्च कटौती गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Avatar

 

 

प्रतिक्रिया

सम्बन्धित