बन्ला त नयाँ वर्षदेखि इम्बोस्ड नम्बरप्लेट ?

yatayat-bivagकाठमाडौं : उचित किसिमको सवारी दर्ता किताव (ब्लुबुक) समेत वितरण गर्न नसकेको सरकारले सवारीसाधनमा नयाँ वर्षदेखि उच्च प्रविधिको इम्बोस्ड नम्बर प्लेट राख्ने योजना बनाएको छ । यातायात व्यवस्था विभागले सवारीसाधनलाई प्रविधिमैत्री र चोरी हुनबाट जोगाउन इम्बोस्ड प्लेट जडान गर्न लागेको जनाएको हो। उच्च प्रकारको सेक्युरिटी नम्बर र  जिपिएस सिस्टम जडान गरिएको उक्त इम्बोस्ड नम्बर प्लेटका माध्यमले सवारीसाधनको स्थिति र अवस्थाबारे जानकारी लिन सकिन्छ । रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस’ले सवारीसाधनबारे जानकारी लिन सकिन्छ ।  इम्बोस्ड नम्बरमा विशेष प्रकारको चिप्स राखिएको हुन्छ। चिप्सकै माध्यमले सवारीसाधनको स्थिति र अवस्थाबारे डिजिटल प्रविधिबाट जानकारी लिन सकिनेछ। यो नम्बर प्लेट एकपटकभन्दा बढी प्रयोग गर्न सकिँदैन । विश्वका धेरै मुलुकमा इम्बोस्ड नम्बर प्रयोग भइरहेको भएपनि नेपालमा भने पहिलोपटक ल्याउन लागिएको हो । विभागले ग्लोबल टेन्डरमार्फत इम्बोस्ड नम्बर छाप्ने ठेक्का अमेरिका तथा बंगलादेश संयुक्त कम्पनी डेकाटुर टाइगर आइटीलाई दिइसकेको छ। डेकाटुरले इम्बोस्ड नम्बर प्लेट छाप्ने मेसिन ल्याइसकेको विभागले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित