३४ किलो सुनकाण्डमा पक्राउ परेका एसएसपी खत्री अदालतमा

[caption id="attachment_25070" align="alignleft" width="686"]shyam khatri तस्विर : अनलाईन खबर[/caption]

काठमाडौं : विमानस्थल बाहिरबाट बरामद भएको अवैध ३४ किलो सुनकाण्ड प्रकरणमा पक्राउ परेका एसएसपी श्याम खत्रीलाई सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । अनुसन्धानका लागि म्याद थप गर्नुपर्ने भएकाले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) ले एसएसपी खत्रीलाई अदालतमा हाजिर गराएको हो । एयरपोर्टबाट बरामद गरिएको ३४ किलो सुन तस्करीमा संलग्नता रहेको आरोपमा एसएसपी खत्री आइतबार प्रहरी हेडक्वार्टरबाटै पक्राउ परेका हुन् । विमानस्थलको सुरक्षा जाँच पार गरेर गोल्डेन गेटमा आएको बेला सिअईवीले सुन बरामद गरेको थियो । विमानस्थलको सुरक्षामा ३ सय ५० प्रहरी खटिएका हुन्छन् । त्यस्तै नेपाल प्रहरीको प्रतिआतंकवाद ब्युरो, राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरी संयन्त्र, प्रहरीकै लागूऔषध ब्युरो र नेपाली सेनाको २४ सै घण्टा कडा निगरानी हुन्छ । तर, सुन कसरी एयरपोर्टबाट बाहिर निस्कियो भन्ने विषय अझै अन्यौल नै छ । विमानस्थल बाहिरबाट सुन बरामद भएपछि प्रहरी प्रधान कार्यालयले विमानस्थलको सुरक्षा प्रमुखलाई कारबाही गर्नुपर्नेमा एसएसपी खत्रीलाई हेडक्वाटर तानेको थियो ।

प्रतिक्रिया

सम्बन्धित