एकीकृतको जनप्रतिनिधि प्रशिक्षण स्थगित

Ekikrit

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई दिने भनेको प्रशिक्षण स्थगित गरेको छ । 

समाजवादीले आफ्नो तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेको थियो । 

एकीकृत समाजवादीका उपमहासचिव डा.गंगालाल तुलाधरले जनप्रतिनिधिका निम्ति तय भएको प्रशिक्षण स्थगित भएको जानकारी दिए ।

एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिहरुलाई आगामी ५ र ६ असारमा प्रशिक्षण दिने कार्यक्रम तय गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित