ट्रम्पको आगमनससँगै अमेरिका जान डराए नेपाली विद्यार्थी

study in americaकाठमाडौं : बराक ओवामालाई विदाई गर्दै अमेरिकाकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले  सत्ताको बागडोर सम्हालेपछि उच्च शिक्षाका लागि अमेरिका जाने नेपाली विद्यार्थीको संख्या घटेको छ। राष्ट्रपति ट्रम्पले आप्रवासीसम्बन्धी कठोर नीति लिएका कारण विद्यार्थीमा अमेरिकी आकर्षण घटेको हो। आइतबार अमेरिकाको ‘नोअब्जेक्सन लेटर’ लिने विद्यार्थीको संख्या शून्यमा झरेको थियो । उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने विद्यार्थी धेरै थिए भने दोस्रो स्थानमा अमेरिका थियो । तर, राष्ट्रपति ट्रम्प आएसँगै अमेरिका जाने नेपाली विद्यार्थी ह्वात्तै घटेको शिक्षा मन्त्रालयले जनाएको छ । मंसिर १ देखि पुस १६ गतेसम्म ६ हजार तीन सय ६६ विद्यार्थीले नोअब्जेक्सन लेटर लिएका थिए । नोअब्जेक्सन लेटर लिनेमध्ये अस्ट्रेलिया जाने तीन हजार तीन सय ८८ थिए भने अमेरिका जाने नौ सय ५९ विद्यार्थी रहेको मन्त्रालयले जनाएको छ । अस्ट्रेलिया सरकारले विद्यार्थीलाई उपलब्ध गराएको सुविधाका कारण नेपाली विद्यार्थीको पहिलो रोजाइमा अष्ट्रेलिया परेको बताउनु हुन्छ एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रालिका प्रवन्ध निर्देशक खेमराज संग्रौला । विदेशी डिग्री हासिल गर्न एवम् काम गर्दै पढ्न पनि सकिने भएकाले धेरैको रोजाई बन्दै गइरहेको छ अष्ट्रेलिया । नेपाली विद्यार्थीहरु गुणस्तरिय शिक्षा र आकर्षक जीवनशैलीको लोभमा त्यहाँ पुग्ने गरेका छन् । विदेशमा पढेर शिक्षा सँगसँगै सिप बोकेर फर्कनु स्वयम् विद्यार्थीका लागि मात्र नभइ देशका लागि पनि सकारात्मक पक्ष हो । अष्ट्रेलियामा जाने विद्यार्थीहरुको चाप बढ्नुको कारण के हो भन्ने प्रश्नमा प्रवन्ध निर्देशक संग्रौला अष्ट्रेलिया पढाइका लागि मात्र नभई त्यहँ केही गर्छु भन्नेहरुका लागि पनि राम्रो अवसर भएको मुलुक भएकाले नै बढेको बताउछन् । अष्ट्रेलिया गएर अध्ययन गरेका विद्यार्थीहरुले आफ्नो क्षमता र ज्ञानलाई विश्व बजारमा बेच्न सक्नु, अध्ययनसँगसँगै ज्ञानमा पनि दक्षता हुँदै जानु, सुरक्षित शहर हुनु, अष्ट्रेलिया पुगेका विद्यार्थीहरुले पारिवारिक वातावरणमा पढ्ने अवसर पाउनु पनि यसको अर्को कारण भएको संग्रौलाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित