प्रतिनिधिसभाको बैठकमा आजपनि जवाफ दिँदै मन्त्रीहरु

parliament

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा बजेटबारे सांसदहरूले उठाएका प्रश्नमाथि केन्द्रित रहेर मन्त्रीहरूले जवाफ दिने भएका छन्।

सोमबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।

उक्त बैठकमा विनियोजन विधेयक ९बजेट० २०७९ को विभिन्न शीर्षकमा मन्त्रालयगत छलफलमा उठेका विषयमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकूद मन्त्री, श्रममन्त्री, वन मन्त्री, सहरी विकास मन्त्री, भूमि व्यवस्था मन्त्री, महिला तथा बालबालिका मन्त्री, कृषि तथा पशुपंक्षी विकास मन्त्रीले जवाफ दिने कार्यसूची छ।

प्रतिक्रिया

सम्बन्धित