प्रधानन्यायाधीसज्यू हामी माथि खेलवाड भयो

Gangamaya ahdikari 78काठमाडौं : माओवादी द्वन्द्वका बेला मारिएका आफ्ना छोरा कृष्णका हत्यारालाई कारबाही माग राखेर आमरण अनशन बसिरहेकी  गंगामाया अधिकारीले  प्रधानन्यायाधीश सुशीला कार्कीसँग न्याय मागेकी छिन्। माओवादी द्वन्द्वपीडित उनले वीर अस्पतालबाटै प्रधानन्यायाधीशलाई पत्र पठाएर न्यायको याचना गरेकी हुन्।  उनका पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा वीर अस्पतालमै अढाई वर्षअघि निधन भएपनि उनको अझै अन्त्येष्टि भएको छैन। उनले पत्रमा लेखेकी छिन्–‘मेरो मुद्दाको सुनुवाइ गरिरहेको चितवन जिल्ला अदालतले गत कात्तिक ९ र १० मा फैसला गर्ने भने पनि मंसिर ५ का लागि पेसी सार्‍यो। मंसिर ५ मा पनि फैसला नगरी पुनः २५ गते पेसी तोकियो, सो पेसीमा समेत फैसला नगरी माघ १९ मा सारियो तर फैसला नसुनाएर खेलबाड भएको छ। यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु। मेरा कानुन व्यवसायीले लिखित बहसनोट पहिला नै पेस गरिसकेका छन्।’

प्रतिक्रिया

सम्बन्धित