एसपीपी सम्झौता केपी ओलीकै सरकारले कार्यान्वयन गरेको हो: प्रचण्ड

prachanda

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता सन् २०१९ बाट कार्यान्यनमा आएको बताएका छन् । 

केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त सम्झौता कार्यन्वयनमा ल्याएको दाबी उनले गरे । 

‘कुनै सैन्य सम्झौता हुने छैन, यो घोषणा म गर्न चाहन्छु । प्रधानमन्त्रीजीले  म कुनैपनि हालतमा त्यस्तो खालको सम्झौतामा जान्न भनेरप्रतिवद्धता जनाउनु भएको छ । 

कोही भ्रममा पर्न जरुरी छैन । बरु यो एसपीपी सम्झौता कार्यन्वयन गर्नेकाम २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरेको तथ्य इतिहासमा छ, यो सबैलेबुझ्न जरुरी छ,’ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भने । 

अहिले एसपीपी हुँदैछ रे भनी हल्ला फिजाँइएको उनले बताए । उनले अमेरिकासँग एसपीपी सम्झौता नहुने दाबी समेत गरे । 

‘हिँजोआज एउटा पश्न– एसपीपी हुँदैछ रे, ल सैनिक सम्झौता हुँदैछ रे, भइनैसक्यो रे भन्याजस्तो गरी प्रचार गरिएको छ, जुन विलकुल झुठो हो । मगठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्रीसँग र गठबन्धनमा भएको हाम्रो छलफलमा त्यस्तो कुनै सम्झौता नभएको जानकारी गराउन चाहन्छु,’ उनलेभने । 

एसपीपी सम्झौता गर्न गठबन्धन नलाग्ने ठोकुवा अध्यक्ष प्रचण्डले गरे । उनलेथप स्पष्ट पारे, ‘हामी नेपालको राष्ट्रियता, स्वाधिनता, विकास र समृद्धिकोपक्षमा दृढतापूर्वक उभिन्छौं ।’ 

 

प्रतिक्रिया

सम्बन्धित