सिके राउतसँगै विप्लव माओवादीमाथि पनि प्रहरीको निगरानी

ck and biplabकाठमाडौं : नेपाल प्रहरीले देशमा सशस्त्र संघर्ष गर्ने भनेर धम्की दिइरहेको  नेत्रविक्रम चन्द (विप्लव) माओवादीको विवरण संकलन सुरु गरेको छ । जथाभाथि चन्दा असुलीलाई तिब्रता दिएको र चन्द नेतृत्वको माओवादीले र आगामी चुनावमा हिंसात्मक गतिविधि गर्ने सम्भावना भएकाले विप्लव माओवादीका कार्यकर्ताहरुमाथि निगरानी थालिएको प्रहरीले जनाएको छ ।  । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउत बिहीबार पक्राउ परेपछि राउतका कार्यकर्तासँगै माओवादी कार्यकर्ताको पनि खोजि अभियान तिब्र बनाइएको हो । विशेष गरी सिके राउतको प्रभाव रहेको भनिएका तराई मधेसका जिल्लाहरु रहेका प्रहरी कार्यालयहरुलाई गृहमन्त्रालयले सर्कुलर नै पठाएर सिके राउत र विप्लव माओवादीका स्थानीय कमिटीहरुको नाम संकलन गरी पठाउन भनेको छ । तर, पहाडका जिल्लाहरुमा भने विप्लव माओवादीको गतिविधि रहेको भन्दै उनीको नाम संकलन भइरहेको प्रहरी स्रोतले बतायो । संविधानको कार्यान्वयन र निर्वाचनलाई सफल पार्नका लागि देशमा एकातर्फ सिके राउत र अर्कातिर विप्लव माओवादी मुख्य चुनौती रहेको सरकारको विश्लेषण छ । र, यही कारणले गृहमन्त्रालयले सिके राउतका कार्यकर्तासँगै विप्लव माओवादीको पनि निगरानी बढाएको हो ।

प्रतिक्रिया

सम्बन्धित