‘एयर मार्शल’को निर्णय गौतमले गरेको खुलासा

bamdev gautamkkकाठमाडौं : राष्ट्रियताको नारा बोकेर एकाएक ‘हिट’ बनेको वामपन्थी दल एमालेलाई भारतीय संस्थापन पक्षले सातो लिएको खुलासा भएको छ । भारतीय जनता पार्टीसँग नराम्रोसा्ँग पराजित भएको कांग्रेस(आई)का नेताहरूले एमालेका अध्यक्ष केपी ओली वरिष्ठ नेता माधवकुमार नेपाल, बामदेव गौतम, प्रदीप ज्ञवालीलगायतलाई हप्काएको एक नेताले नाम उल्लेख नगर्ने सर्तमा बताए । केपी ओली प्रधानमन्त्री बनेका बेला नाकाबन्दी खुलाउन कमल थापालाई लिखितपत्रसहित पटक–पटक नयाँदिल्ली पठाएको कतैबाट छिपेको छैन । एमालेलाई भारतको संस्थापन पक्ष अर्थात ‘रअ’को ठूलो साथ रहेको कांग्रेसी नेताहरूको आरोप छ । ‘रअ’ भाजपासँग खासै सन्तुष्ट छैन भन्नेहरू धेरै छन् । यतिसम्मकि ‘रअ’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीबाट हटाएर बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको हल्ला एमाले मुख्यालय धुम्बाराहीतिर हुन थालेको छ । एमालेभित्र गौतमलाई भारतले किन यति धेरै माया ग¥यो भनेर खोजीको विषय बनेको छ । गौतम गृहमन्त्री भएका बेला भारतलाई भित्रभित्रै ठूलो गुण लगाएको आरोप छ । एयर मार्शलको निर्णय गराएर भारतलाई सुटुक्क अधिकार दिएको आरोप एमालेभित्रै गौतमलाई लागेको छ । ‘धान चोर्ने मुसो, चोट पाउने भ्यागुतो’ भने जस्तै एयर मार्शलको आरोप अहिलेका गृहमन्त्री विमलेन्द्र निधिलाई लगाइएको छ । जबकि एयर मार्शल दिने निर्णय गौतम गृहमन्त्री भएका बेला गरिएको खुसाला भएको छ । एयर मार्शलको निर्णय र आरोपबाट बच्नका लागि एमालेले निधिलाई गोयबल्स शैलीमा प्रचार गरिरहेको छ । आफूले गरेको राष्ट्रघाती निर्णय ढाकछोप गर्न केपी ओली उनको समूह लागेको कांग्रेस नेताहरूले आरोप लगाइरहेका छन् । गृहमन्त्री निधिले ‘एयर मार्शल दिने निर्णय मैले पत्रपत्रिकामा आएको समाचारबाट थाहा पाएँ’ भन्दा एमालेहरूले खिल्ली उडाएर । जबकि गौतम गृहमन्त्री र ओली प्रधानमन्त्री भएका बेला भारतलाई खुसी बनाउन राष्ट्रघाती निर्णय गरेर नाकाबन्दीका बेला उपहार दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित