मूल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको प्रदर्शन

aaaa

भक्तपुर । राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोध प्रदर्शन गरेको छ ।

भक्तपुरको गठ्ठाघरमा आयोजित विरोध कार्यक्रममा नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजासहितका जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

उक्त अवसरमा विरोध प्रदर्शनका साथै राँके जुलुससमेत निकालिएको थियो ।

गठबन्धनको सरकारले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेपछि सर्वसाधारणको हितका लागि ध्यानमा राख्दै आफूहरुले मूल्यवृद्धि फिर्ताको माग गरेको राष्ट्रिय युवा संघ नेपाल भक्तपुरका उपाध्यक्ष एवं युथ फोर्स विभाग प्रमुख रविन थापाले बताए ।

‘महंगीको मारमा परिरहेका जनतालाई सरकारको यस किमिसको हर्कतले दैनिक जीवन धान्न नै गाह्रो हुने अवस्थामा पुर्यायो, जसरी पनि उक्त मूल्यवृद्धि फिर्ता लिनुपर्छ,’ थापाले भने ।

थापाले सरकारले मूल्यवृद्धि फिर्ता नगरेसम्म आफूहरुले फरक-फरक ढंगले विरोधका कार्यक्रमहरु जारी नै राख्ने समेत बताए ।

a

aaaaa

प्रतिक्रिया

सम्बन्धित