पुरातत्व विभागको कामप्रति युनेस्कोको आपत्ति

[caption id="attachment_24867" align="alignleft" width="480"]फाइल तस्विर : फाइल तस्विर :[/caption]

काठमाडौं : संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणप्रति असन्तुष्टि जनाएको छ । वैशाख ०७२ को विनाशकारी भूकम्पले भत्किएका तथा क्षतिग्रस्त भएका ४९ वटा सम्पदाहरुको पुनर्निर्माणका लागि पुरातत्व विभागले टेण्डर आब्हान गरेकोप्रति युनेस्कोले अनसन्तुष्टि जनाएको हो । सार्वजनिक खरिद ऐनअनुसार सस्तो मूल्यमा टेण्डर दिँदा गुणस्तरीय नहुने उसले बताएको छ । सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा सस्तो मूल्य प्रस्ताव गर्ने ठेकेदार कम्पनीहरुले नै ठेक्का पाएका छन् । तर, युनेस्कोले भने सस्तो मूल्य प्रस्तावकलाई ठेक्का दिने निर्णयको विरोध गरेको छ । यूनेस्कोको नेपाल कार्यालयले सस्तो ठेकेदारलाई पुनर्निर्माणको जिम्मा नदिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभागलाई बारम्बर ध्यानाकर्षण पनि गराएको छ । भूकम्प गएको २ वर्ष पुग्न लाग्दा पनि बौद्ध स्तुपा बाहेक अन्य सम्पदा बनेका छैनन् । बौद्ध पनि सरकारी स्तरबाट नभई स्थानीयले नै मिलेर बनाएका हुन् । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माणका क्रममा विवाद देखियो । पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले कंक्रिट प्रयोग गरेको खबरहरु आएपछि काम रोक्न भन्दै युनेस्कोले पत्र नै पठाउनुपर्‍यो ।

प्रतिक्रिया

सम्बन्धित