एआईजी विश्व पोखरेलले दिएको रिट आज पनि हेर्दाहेर्दैमा, अर्को सुनुवाई असार १९ मा

supreme_Bishwo

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा गएको छ ।

आफूभन्दा जुनियरलाई आईजी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए। पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको रिटमा जिकिर गरेका छन्।

सोमबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आगामी असार १९ गतेका लागि पेसी तोकिएको छ ।

आइतबार  कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ हुनेछ। सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित