बढ्दै कोरोना संक्रमणः देशभर १६२० नमूना परिक्षणमा ६२ जना संक्रमित

Corona_Test

काठमाडौं ।नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या एक्कासी बढ्दै गइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६२ जना नयाँ संक्रमित थपिएका छन् । देशभर गरिएको १६२० नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर १९ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै गत २४ घन्टामा देशभर १ लाख ८४ हजार ५४५ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

अहिलेको अवस्थामा देशभर २ सय ६१ सक्रिय संक्रमित पुगेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित