सुनको भाउ प्रतितोला तीन सयले वृद्धि

gold

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलातीन सय रुपैयाँले बढेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । 

शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय कायम भएको महासंघलेजनाएको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित