भोलिबाट मौसम सफा रहन्छ

rainingकाठमाडौं : माघ महिनाको जाडो त्यहिमाथि पनि झन पानी प-यो आज, जसले गर्दा चिसो झन बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ । घर भित्रका काममा खासै असर नपरे पनि बाहिर गरिने काममा भने केही असर पक्कै परेकै छ । तर, वर्षात्‌का कारण किसानहरु भने हर्षित भएका छन् । मुलुकका प्रायः धेरै स्थानमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च भागमा भने हिमपातसमेत भएको छ ।  भूमध्यसागरमा उत्पन्न भएको मौसमी प्रणाली इरान, अफगानिस्तान, पाकिस्तान, जम्मुकश्मिर, उत्तराखण्ड हुँदै बिहीबार बेलुकी सूदूरपश्चिमी भागमा प्रवेश गरेपछि मौसममा परिवर्तन आएको महाशाखाले जनएको छ । महाशाखाका अनुसार आज रातीसम्म झरी परेपनि भोलिबाट भने मौसम सफा हुँदै जानेछ । लेकतिर हिमपात र औलतिर बर्षाले गर्दा चिसोले जनजीवन प्रभावित बनेको छ । हिमपात र बर्षातले गर्दा अत्याधिक जाडो बढेको छ । जाडोले सर्वसाधारण स्थानीयवासी र कर्मचारी, विधार्थीहरुको जनजीवन कष्टकर बनेको छ । मुगु सदरमुकाम गमगढी क्षेत्रका स्थानीय आगो बालेर बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित