अमेरिकाको सिकागोमा गोली चल्दा ६ जनाको मृत्यु, २४ घाइते

chicago

न्युयोर्क। अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन् ।

एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा  पसलको छतबाट परेडमा गोली चलाएका थिए । 

गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ । बन्दुक हमलाबारे प्रहरीले अनसन्धान सुरु गरेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित