काठमाडौंपछि पोखरा लोडसेडिङ मुक्त

loadsheddingकाठमाडौं : नेपाल विद्युत प्राधिकरणले राजधानी काठमाडौंपछि पर्यटकीय नगरी पोखरालाई पनि लोडसेड्रि मुक्त बनाएको जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले काठमाडौं, पोखरा लगायत पहाडी जिल्लामा अब कहिल्यै लोडसेडिङ नहुने बताएका हुन्। उनले अब छिट्टै आफूहरु तराईका सहरमा पनि लोडसेडिङ हटाउनमा लाग्ने बताए । पछिल्लो तिहारदेखि नै काठमाडौंलाई लोडसेडिङमुक्त गर्दै आएको प्राधिकरणले पहिलोपटक काठमाडौं र पोखरामा लोडसेडिङ गर्न नपर्ने गरी बिजुली आपूर्ति भएको जनाएको हो।यसअघि केही पूर्वाधार बनाउन समस्या हुने देखिएकाले घोषणा गर्न नसकेकामा अब ती पूर्वाधार बनिसकेको घिसिङले जानकारी दिए। ‘कुलेखानी–स्युचाटार लाइन चार्ज गर्ने, चपली, नयाँ ट्रान्फर्मर राख्ने, बानेश्वर र स्युचाटारको ट्रान्सफर्मर अपग्रेड गर्ने काम समयमै सकिएकोले लोडसेडिङ मुक्त गर्न सम्भव भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित