के रवि लामिछानेले गर्दा सुर्य पश्चिमबाट उदाएका छन् ?

एल.वि श्रेष्ठ । फेषबुक,ट्विटर, युट्युव,ईन्स्तग्राम हरेक सामजिक संजालको भित्ताहरुमा आजकल एउटा नाम छरपष्ट भेटिन्छ,देखिन्छ।रवि लामिछाने।

 सामान्य  रुपमा भन्दा उनी एक संचारकर्मि हुन्। न्युज २४ टेलिभिजन च्यानलको सिधा कुरा जनतासंग भन्ने कार्यक्रम संचालन गर्ने एक प्रस्तोता हुन्। ६२ घण्टा टक सो चलाएर विश्व किर्तिमान कायम गर्दै गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका व्यक्ति हुन्। लगभग यति भन्दा उनको परिचय सकिन्छ। तर केही उत्तेजित मान्छेहरुले रविलाई देवता भन्न थाले। उनले गर्दा सुर्य पश्चिमबाट उदाएका छैनन्। बालुवाको महल बनाएका पनि हैनन्।

 उनले जे गरेका छन्। आफ्नो काम गरेका छन्। उनले एउटा टेलिभिजन कार्यक्रमको डिजाईन तयार गरे। जनताको आवाज सरकार संग पुराउने। र सिधा कुरा प्रधानमन्त्रि संग भन्ने कार्यक्रमको सुरुवात गरे। केही प्राविधिक साथै दोस्रो पात्र वा अन्य विविध कारणले कार्यक्रम अगाडि बढेन।र कार्यक्रमको मोडेल चेन्ज गरेर  'सिधाकुरा जनतासंग' भन्ने कार्यक्रम चलाए।

 कार्यक्रमको ढाचा नै जनताको चासो,गुनासो र प्रश्नसहितको विशेष भनिएको छ। र रविले सोहि गरिराखेका छन्।  एउटा पत्रकार यात सामन्य व्यक्तिले जे गर्न र्सक्छन्, रविले त्यहि गरेका छन्। फोन गरेका छन्। सोधपुछ गरेका छन्। समस्या सुनेका छन्। समाधानको लागि प्रयास गरेका छन्।

  बस् त्यति हो। के यो काम तपाईं अनि मैले गर्न सक्दैन? अवश्य सकिन्छ। तर हाम्रो औकात फेषबुक,ट्विटर र युट्युवमा हल्ला गर्ने मात्र हुन्। हामि काम गर्न चाहदै चाहदैनौ। हामीलाई हल्ला गर्न पाए पुग्छ। बाँदरले झै रुख हल्लाएर फल खान चाहन्छौ हामी। बिरुवा रोपेर फल फलाएर खाने चेतना छैन हामी मा रवि लामिछाने एक पत्रकार हुन्। पत्रकारिता गरेर खान दिनुहोस्। देवता बनाउने कोशिस नगर्नुहोस्। फोन गरेर समस्या भन्नुपर्ने ठाँउमा भेटि बोकेर मन्दिर जान नपरोस्।

 उनको नाममा ग्रुप खोलेर, ३० जनालाई अनिवार्य फरवार्ड गर्नुपर्ने मेसेज बनाएर, प्रोफाईल पिक्चर रङ्गिन बनाउदैमा तपाईं महान हुदैन। तपाईको कर्तव्य पूरा हुदैन। यदि टाउकोमा गिदि र चेतना छ भने हर सेकेण्ड आफुलाई रवि लामिछाने बनाउने कोशिस गर्नुहोस्। आफ्नो कामलाई दिल,दिमाग लगाएर गर्नुहोस्। समाज,नागरिक र राष्ट्रको निमित्त भित्रि आत्मैदेखि सोच्नुहोस्।सधै फेसबुकमा कोकोहोलो बन्द गर्नुहोस्।म मान्छु।राम्रो काम गर्नेको समर्थन साथ दिनुपर्छ।

 तर के समर्थन र साथ दिएर आफु चाहिँ लाटाले पापा हेरे झै हेरेर बसेर मात्र हुन्छ त? आफु केही नगर्ने,अनि फेषबुकमा हल्ला गरेर आफ्नो जिम्मेवारी पूरा हुदैंन। अरुले केही गरे हल्लै गरेर भएपनि वाहवाहि बटुल्ने।नगरे खेदो खन्न थाल्ने प्रवृतिको अन्त्य गरौ।हल्ला गरेकै भरमा हाम्रो कर्तव्य पूरा हुदैन। आफ्नो ठाँउबाट,आफ्नो तरिकाले,आफ्नो परिमाणमा सुकर्म गरौ। यहि नै महानता हो।त्यसैले म त भन्छु रवि लामिछानेको गुणगान मात्र गाईरहनु भनेको सिर्फ भेडापन हो। त्यसैले भन्छु कर्म पनि गरौ।

(श्रेष्ठ सामाजिक अभियन्ता हुन् )नयाँ दैनिकिबाट

प्रतिक्रिया

सम्बन्धित