डिआईजी चन्दलाई आईजीपी बन्नबाट रोक्न करोडौंको खेल

jbchandकाठमाडौं । नेपाल प्रहरीमा अहिले भावी नेतृत्वको लागि चर्को प्रतिस्पर्धा सुरु भएको छ । आईजीपी उपेन्द्रकान्त अर्यालले आगामी फागुन २ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि सिनियर डिआईजीहरु नबराज सिलवाल, जयबहादुर चन्द, प्रकाश अर्याल र बमबहादुर भण्डारीमध्ये एक जना आईजीपी बन्ने निश्चित छ ।

सिनियर र जुनियर भन्दा पनि कार्य दक्षता र क्षमताका आधारमा आईजीपी चयन हुने भएपछि चारै जना डिआईजीहरु राजनीतिक लविङमा जुटेका छन् । चार जना मध्ये लागूऔषध नियन्त्रण ब्युरो प्रमुख डिआइजी जयबहादुर चन्दको चर्चा बढि छ । राजनीतिक, प्रशासनिक र सांगठानिक रुपमा  सन्तुलन मिलाउन सक्ने क्षमता डिआईजी चन्दसँग रहेको हुँदा उनी स्वभाविक रुपमा आईजीपीका बलिया दावेदार रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

संगठनमा उनले हालसम्म गरेका गुण र अवगुण छुट्याउने हो भने एकाध सञ्चार माध्यममा विरोधी समाचार आएपनि कहिं कतै अवगुण भेटिदैनन् । उनलाई रोक्नका लागि केही तस्कर र माफियाहरुले करोडौंको आर्थिक चलखेल शुरु गरेको पनि चर्चा छ । स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य डिआईजीको तुलनामा चन्दको कार्यशैलीलाई मन पराएका कारण उनलाई रोक्न कसैले नसक्ने देखिएको छ ।

चन्द कसरी आईजीपीको दाबेदर बनेका छन् र संगठनमा के–के काम गरे त ? डिआइजी चन्दले गरेका कामहरुको विवरण हेर्दा उनी संगठन हाँक्न सक्ने कुरामा दुईमत नहोला ।  डिआइजी जयबहादुर चन्दले लागु औषध कारोबारीहरुको अन्तर्राष्ट्रिय संजाल ध्वस्त पारेपछि उनले त्यत्तिकै चर्चा पाइरहेका छन् ।

डिआइजी चन्दले ब्युरोको कमाण्ड समालेपछि करिब ५ करोड ४० लाख मूल्य बराबरको लागु औषध कोकिनसहित ठमेल क्षेत्रपाटीबाट साउथ अफ्रिकन नागरिक मपाथोनी मस्ने र भारत नागाल्याण्ड घर भएकी महिला मेर्सी पक्राउ परे । प्रतिष्ठित व्यवसायी भनेर चिनिने पवन संघाईले औषधी बनाउनमा प्रयोग गर्ने भनेर युरोपियन मुलुकहरुबाट आयात गरेको प्रिकर्सर केमिकल लागु औषध बनाउन भारत र चीनमा तस्करी गर्ने गरेको कुरा अनुसन्धानबाट खुलेपछि चन्दको टोलीले संघाईका बिभिन्न उद्योगहरुमा छापा मारेर केही व्यक्तिहरु सहित करोडौं मूल्य पर्ने उक्त प्रिकर्सर केमिकल बरामद गरेको थियो ।त्यसो त डिआइजी चन्द काठमाडौं, रौतहट, बिरगंज, कपिलबस्तु, मकवानपुर, काभ्रे जस्ता जिल्लाहरूमा प्रहरी प्रमुखको रुपमा कार्य सम्पादन गरेर कामकै आधारमा आफ्नो पहिचान बनाउन सफल भए । काठमाडौं, भद्रकालीको यात्रु प्रतिक्षालय र बालाजुमा माइक्रोबसमा बम बिष्फोट गराई स्कुले विद्यार्थी लगायतको ज्यान गएको र दर्जनौ घाइते बनाएर काठमाडौंवासीलाई आतंकित तुल्याउने घटनामा संलग्न मिष्टर जोन उपनामले चिनिने कौशल सहनी र उसको एक जना सहयोगीसहितलाई २ जना उनी रौतहट प्रमुख छँदा प्रहरी इनकाउन्टरमा मारिए ।यो परिघटनाले रौतहटबासी मात्रै हैन काठमाडौं लगायत सबै ठाँउका नेपाली जनताबाट उनले प्रशंसा पाए । रौतहट प्रहरीको कमाण्ड समाल्दा चन्दले रौतहटको शान्ति सुरक्षालाई चुस्तदुरुस्त बनाएको कुरा रौतहटको सदरमुकाम गौरमा मात्र हैन ग्रामिण भेगतिर आजभोलि पनि चर्चा हुने गर्दछ । पर्सा प्रहरी प्रमुखको रुपमा कार्यरत रहँदा बिभिन्न अपराधिक समूहहरुले व्यवसायीहरुलाई चन्दा माग गर्ने, धम्क्याउने गरेको र कति ठाँउमा बिष्फोटक पदार्थ नै पड्काएर आतंकित बनाएपछी उनले अपराधीहको निदहराम गरे। चन्द काठमाडौं प्रहरी प्रमुख रहँदा बस्ती भेटघाट नामक जनताप्रेमी कार्यक्रम ल्याएर काठमाडौंबासीको मन जित्न सफल हुनुका साथै शान्ति,सुरक्षा चुस्तदुरुस्त राखेर कुनै पनि किसिमको अपराधिक घटना घट्न नदिई उच्च व्यवसायिक प्रहरी अधिकृत भएको पुष्टि गरेका थिए । यस्ता दर्जनौं सफल कारवाही गरेर चन्दले आफुलाई क्षमतावान प्रहरी अधिकृत भएको साबित गरे ।बिनाशकारी महाभूकम्प र भारतको अघोषित नाकाबन्दीको कठिन परिस्थितिमा महानगरीय ट्राफिक महाशाखा प्रमुखको रुपमा कार्यरत हुँदा चन्दले  व्यवसायिक र प्रशंसनीय काम गरेको  प्रहरी अधिकारीहरु नै बताउँछन्  । ट्राफिक प्रहरीलाई बिगतदेखि बोली व्यवहार ठीक नभएको भन्ने आरोपमा सुधार ल्याउन ‘जिब्रोको गरिमा मीठो बोलीमा’ अभियान व्यापक रुपमा संचालन गरेर उपत्यकाबासी माझ ट्राफिक प्रहरीको छविमा सुधार ल्याउनुका साथै ड्यूटीमा जान लागेका ट्राफिक प्रहरीलाई ‘म इमान्दारीपूर्बक काम गर्छु, नियतवश कसैलाई बिगार्दिन’ भन्ने नारा स्मरण गराउने गरे ।ट्राफिक महाशाखा प्रमुखकै रुपमा कार्यरत रहँदा ‘सेतो टोपी’ नामक गीति एल्बम ल्याएर ट्राफिक प्रहरीको छवि जनतामाझ सुधार गरे भने अर्कोतिर आफु गीतकार बनेर बौद्धिक प्रहरी अधिकृत भएको समेत सावित गरे । सुदूरपश्चिममा क्षेत्रीय प्रहरी प्रमुखको रुपमा कार्यरत रहँदा काठमाडौंमै सुरुवात गरेको ‘बस्ती भेटघाट’ कार्यक्रमलाई निरन्तरता दिए ।९ वटै जिल्लाका गाँउको दुरदराज जहाँ प्रहरी चौकीको जवानसम्म कमै पुग्ने ठाँउहरुमा आफै पुगेर गाँउलेहरुका पीरमर्का सुन्ने र जनता र प्रहरी वीचको सम्बन्ध सुमधुर बनाउने काम उनले गरेका थिए । उनको यो अभियानले सुदूरपश्चिमबासीबाट मात्र नभएर देशका समाजसेवी, बुद्धिजिवीबाट समेत प्रशंसा पायो ।यूनाइटेड पोस्टमा खबर छ

प्रतिक्रिया

सम्बन्धित