एजुकेशन कन्सलटेन्सीमा विप्लवको चन्दा आतंक

chandaकाठमाडौं । राष्ट्र र जनताको मुक्तिका लागि भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सारेर हिंसात्मक कृयाकलाप गरि राज्यलाई दबाब दिंदै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(माओवादी) ले चन्दा आतंक शुरु गरेको छ ।

 आगामी फागुन १ गते खुल्लामञ्चमा आठौं राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने नाममा नेत्रविक्रम चन्द विप्लवले आर्थिक सहयोगको नाममा आफै हस्ताक्षर गरी विभिन्न संघ संस्थाहरुमा चन्दा आतंक मच्चाएका छन् । उक्त सम्मेलनमा आर्थिक, नैतिक, भौतिक सहयोग र सहभागिताको आवश्यकतालाई पार्टीले उच्च रुपमा लिएको भन्दै विभिन्न संघ संस्थाहरुमा पत्र पठाई विप्लवले मनपरी ढंगले चन्दा आतंक मच्चाएका हुन् ।

 नेपाल शैक्षिक परामर्श संघ(इक्यान) पनि पत्र पठाई विप्लवले सहयोगको नाममा लाखौं रुपैयाँ माग गरेको स्रोतले बतायो । माओवादीले तीन सय भन्दा बढि कन्सलटेन्सीहरुको छाता संस्था इक्यान र इक्यान कै सदस्यता लिएका संस्थाहरुमा छुट्टा छुट्टै पत्र पठाई चन्दा आतंक मच्चाएको छ ।

 मनपरी ढंगले पत्र पठाएर व्यवसायीहरुमाथि चन्दाको नाममा आतंक सृजना गरेमा बाध्य भएर इक्यान आन्दोलनमा उत्रने इक्यानका एक सदस्यले बताए । यूनाइटेड पोस्टमा खबर छ

प्रतिक्रिया

सम्बन्धित