ऋतिकालाई मिस एसईई स्टारको उपाधि

ritika

ritika

काठमाडौं । ‘मिस एसईई स्टार २०२२’ को उपाधि  इस्टपोल स्कुलकी ऋतिका शाहले जितेकी छन् । मिस ट्यालेन्ट र बेस्ट ड्रेसको सबटाइटल समेत जितेकी उनले शीर्ष उपाधिका साथमा विभिन्न गिफ्ट ह्याम्पर समेत हात पारेकी छन् ।

भवानी इन्टरटेनमेन्ट तथा ग्रेस इभेन्ट्सको संयुक्त आयोजना रहेको प्रतियोगितामा मिस एसईई ग्रेसको उपाधि मुस्कान नेवारले प्राप्त गरिन् । नेवारले मिस पर्सनालिटी र मिस पपुलरको टाइटल समेत हात पर्दा आकृति भट्टराई फस्ट रनर अप र विदिस्मा कुँवर सेकन्ड रनरअप चुनिए ।

सगुन पाण्डेको कोरियोग्राफी र अभिनेता कोशिस क्षेत्री, निर्देशक विशाल भण्डारी, निर्माता श्रीदेव अर्याल, फेसन डिजाइनर सावित्री ढुङ्गाना तथा शिक्षाविद् राजन श्रेष्ठ प्रतियोगिताको निर्णायकमा रहेका थिए ।

विभिन्न सांगीतिक माहोल सहित आयोजना भएको कार्यक्रममा गायक रवि रिमाल, सपन श्रेष्ठ, राजबाबु, डान्सर सीता सुवेदी, कमेडी कलाकार महादेव त्रिपाठी लगायतको मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित