यस्तो छ आगामी दिन दिनको मौसम

mausam_fani

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।

आज (शनिबार) बिहान प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो  पनि देशभर आंशिक देखि सामान्यत बदली रहनेछ। देशभरका पहाडी भू–भागका केही स्थानहरुमा  चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती प्रदेश र  गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

२०७९ असार ३२ गते (शनिबार)

दिउँसोः  देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भू–भागका केही स्थानहरुमा  र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि मौसम सामान्यता सफा  रहनेछ। प्रदेश १, बागमती प्रदेश र  गण्डकी प्रदेशका थोरै र अन्य प्रदेशका एक(दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

२०७९ साउन १ गते (आइतबार)

दिउँसोः  देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भू–भागका केही स्थानहरुमा  र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि मौसम सामान्यता सफा  रहनेछ। प्रदेश १, मधेश प्रदेश, र  गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

२०७९ साउन २ गते (सोमबार)

दिउँसोः  देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भू–भागका केही स्थानहरुमा  र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती ः देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। प्रदेश १ र  बागमती प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित