लम्सालको उम्मेदवारीले लायन्समा उत्साह

indu 2काठमाडौं : लायन्स क्लस इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ वी १ को आगामी चैत्र ५ गते राष्ट्रिय महाधिवेसन हुने भएको छ । काठमाडौंमा आयोजना हुने ५ औं राष्ट्रिय महाधिवेसनमा द्धितिय भाइस डिष्ट्रिक्ट गभर्नरको पदका लागि लायन्स क्लब अफ काठमाडौं भृकुटीको संस्थापक अध्यक्ष इन्दु लम्सालले उम्मेदवारी दिएकी छन् । माघ ७ गते शुक्रबार भव्य कार्यक्रमको आयोजना गरी लायन इन्दु लम्सालले आफ्ने उम्मेदवारी गरेर गरेकी हुन् । कार्यक्रममा डिष्ट्रिक्ट ३२५ वी १ को  काठमाडांै क्षेत्रका ११० वटा भन्दा बढी क्लबका अध्यक्षहरु, ९० प्रतिशत भन्दा बढी क्याविनेट पदाधिकारीहरु, पोखरा, धौलागीरी, धादिङ्ग र नुवाकोटका सिनियर पदाधिकारीहरु, डिष्ट्रिक्ट गभर्नर वालकृष्ण बुर्लाकोटी, PMCC द्धय राजन लम्साल र गिरीधारी शर्मा IPDG ध्रुव थापा, प्रथम भाईस डिस्ट्रिक गभर्ननर धनराज आचार्य, द्धितिय भाईस डिस्ट्रिक गभर्ननर अशोक श्रेष्ठ लगायत करिव ४०० जना बढी लायन्सहरुको उपस्थितिमा थियो । कार्यक्रममा क्लब अध्यक्षहरुको तर्फबाट रेन्बो सिरीका अध्यक्ष इन्द्र कुमार श्रेष्ठ, जोन चियरपर्सनहरुका तर्फबाट सुर्य केसी, रिजन चियरपर्सनहरुका तर्फबाट पार्वती खरेल, डिष्ट्रिक्ट एडभाइजरहरुको तर्फबाट सुचित्रा थापा, चिफ पि. आर. ओ. चन्द्र कुमार केसी, चिफ सेन्टेनियल प्रोग्राम रामशरण रिमाल, चिफ ए. ओ. जी. विश्वेश्वर आचार्य, द्धितिय भाईस डिस्ट्रिक गभर्ननर अशोक श्रेष्ठ, प्रथम भाईस डिस्ट्रिक गभर्ननर धनराज आचार्य, IPDG ध्रुब थापा, PMCC गिरधारी शर्मा, PMCC राजन लम्साल र डिष्ट्रिक्ट गभर्नर वालकृष्ण बुर्लाकोटीलगायतले लायन इन्दु लम्सालको  जित सुनिश्चित रहेको भन्दै शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वत्ताहरुले विगतको वर्षमा नै इन्दु लम्सालका बारेमासहमती भईसकेका बताउँदै सिनियर पदाधिकारीहरुले इन्दु लम्साल सहमतीको साझा उम्मेदवार रहेको बताएका थिए ।      १६ वर्ष भन्दा बढी लायनवादमा समर्पित लायन लम्साल डिष्ट्रिक्ट ३२५ वी १ मा आवद्ध काठमाडौं क्षेत्रका महिला क्लवहरु मध्ये सबभन्दा पुरानो लायन्स क्लव ‘लायन्स क्लव अफ काठमाडौं भृकुटी’ को संस्थापक अध्यक्ष हुन् । १० वर्ष भन्दा बढी डिष्ट्रिक्टको महत्वपूर्ण पदमा रही सेवा, सक्रियता र योगदानका हिसाबले एउटा छुट्टै पहिचान र अस्तित्व बनाएकी लायन लम्साल विभिन्न तालिम तथा सेमीनारमा सहभागी भई लायनवादको मुल्य र मान्यतामा समर्पित रहेकी एक कुशल प्रशिक्षकका रुपमा चिनिन्छिन् । indu lamsal

उम्मेदवारको प्रतिवद्धता क. द्धितिय र प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरको कार्यकालमा : डिष्ट्रिक्ट गभर्नरको कार्यकाल सफल बनाउन दिलो ज्यानले सहयोग पु—याउने । ख. डिष्ट्रिक्ट गभर्नरको कार्यकालमा १) डिष्ट्रिक्टका हरेक गतिविधि तथा आर्थिक क्रियाकलापलाई पारदर्शी रुपमा प्रस्तुत गर्ने । २) महिला सदस्यका लागि विशेष कार्यक्रम ल्याउने क. क्लब पदाधिकारीमा अधिकतम महिलाहरुलाई समावेश गराउन पे्ररित गर्ने । ख. डिष्ट्रिक्ट क्याविनेटमा महिलाहरुलाई अधिकतम प्राथमिकताका साथ स्थान दिने । ग. महिला सशक्तीकरणका विशेष कार्यक्रम ल्याउने । घ. क्लबहरुलाई “महिला प्रेमी” कार्यक्रम ल्याउन प्रेरित गर्ने । ३. डिष्ट्रिक्ट सचिवालयलाई ब्यवस्थित र आधुनिकीकरण गर्ने एवं सबै सूचना प्रणालीमा आमुल परिवर्तन ल्याउने । ४. नेपाल लायन्स फाउन्डेसन (LLC) लाई अझ बलियो  बनाउने । ५. क्लबहरुका बीचमा आन्तरिक सम्बन्धको विस्तार गर्न सहयोग पु—याउने तथा लायन्सहरुको बीचमा समझदारीको वातावरण सिर्जना गर्न प्रयत्नसिल रहने । ६. प्रशिक्षण, सेमिनार तथा नेतृत्व विकासका (जस्तै LLC ) कार्यक्रमहरु विशेष जोडका साथ संचालन गर्ने । ७. क्लबहरुमा आ—आफ्नो ठाउँलाई आवश्यक पर्ने प्रोजेक्ट बनाउन मद्दत पु—याउने र त्यस्ता प्रोजेक्टहरुलाई अन्तर्राष्ट्रियबाट स्विकृत   गराउन पहल गर्ने । ८. उत्कृष्टताको यथोचित मूल्याङ्कन र सम्मान गर्ने । ९. मोफसलका क्लबलाई विशेष प्राथमिकताका साथ सहयोग गर्ने । १०. लायन्स अग्रजहरुले विगतमा गर्नुभएको राम्रा कार्यहरुलाई निरन्तरता दिने र उहाँहरुसंग रहेको ज्ञान, सीप तथा अनुभवको अधिकतम उपयोग गर्ने वातावरणको सिर्जना गर्ने । ११. भाइस डिष्ट्रिक्ट गभर्नर भएर संगालेका अनुभवका आधारमा थप कार्यक्रम तय तथा परिमार्जन गर्ने ।

प्रतिक्रिया

सम्बन्धित