डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध
लमजुङ । लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्ड अन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ ।
मंगलबारदेखिको निरन्तर बर्षाका कारण मंगलबार रातीदेखी उक्त सडकखण्ड अवरुद्ध भएको हो ।
बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्ण बहादुर कार्कीका अनुसार उदिपुर सडकको वैकल्पिक रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो ।
गत वर्ष र असार पहिलो साताको पहिरोले डुम्रे बेँसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आएपनि यस खण्ड समेत पटक पटक पहिरोले अवरुद्ध हुँदै आएको छ ।
सडकखण्ड अबरुद्ध हुँदा बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्।
प्रतिक्रिया