३५ अर्ब ठग्ने एनसेलको योजना असफल, अब इजाजत नै रद्ध हुन सक्ने

[caption id="attachment_24159" align="alignleft" width="300"]फाइल तस्बिर फाइल तस्बिर[/caption]

काठमाडौं। मोबाइल प्रदायक एनसेलले  पूँजीगत लाभकर नतिरेसम्म  फोरजीलगायत कुनै पनि सेवा र सुबिधा नपाउने भएको छ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले पूँजीगत लाभकर असुल नभएसम्म एनसेललाई फोरजीलगायत अन्य सुविधाको अनुमती नदिन सूचना तथा सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई आज निर्देशन दिएको हो ।

 समितिले अर्थ मन्त्रालयलाई यसअघि नै दिएको तीन महिनाको समयभित्र कार्यविधि बनाएर पूँजीगत लाभांश कर उठाउन पनि पुनः सचेत गराएको छ । बैठकले एनसेलले पुँजीगत लाभकरबापतको झण्डै ४१ अर्ब रुपैयाँभन्दा बढी कर चुक्ता नगरेसम्म कुनै पनि सुविधा थप्न अनुमती नदिन संचार मन्त्रालयलाई निर्देशन दिएको हो ।

 लामो समयदेखि एनसेलको कर चुक्तासम्बन्धी विषयमा विवाद हुँदै आएको छ । समितीका सदस्य कांग्रेसका धनराज गुरुङ, एमालेका आनन्द पोखरेल तथा माओवादी केन्द्रका टेकबहादुर बस्नेतले एनसेलले कर नतिरे उसको इजाजत नै रद्ध गर्नुपर्ने बताएका थिए।

 यस्तै, एनसेलबाट कर असुल्न आनाकानी गर्ने जिम्मेवार निकायहरु कर कार्यालय र अर्थमन्त्रालयका कर्मचारीलाई पनि कारबाही गर्नुपर्ने सांसदहरुले माग गरेका छन् । अर्थमन्त्री कृष्णबहादुर महरालाई प्रयोग गरी कर फछ्र्योट आयोग गठन गरेर ३५ अर्व लाभकर छल्ने खेल असफल भएपछि  एनसेलले  सांसदहरु नै खरिद विक्री गर्ने योजना बनाएको थियो ।

 तर, आज लेखा समितीले उक्त निर्णय गरेपछी मिडिया कब्जा गरी गलत लबिङ गर्दै आएको एनसेलको योजनामा तुशरापात लागेको छ । एनसेलले लाभकर छल्न सांसदहरुलाई आर्थिक प्रलोभनमा पार्ने र प्रलोभनमा नपरि लाभकर तिराउनु पर्छ भनेर आवाज उठाउनेहरुलाई मिडियामार्फत चरित्र हत्या गर्ने ठूलो षड्यन्त्र रच्न थालेको थाहा पाएपछि सांसदहरु एकजुत भएर लाभकर तिराउने अडानमा पुगेका हुन ।

अझै ३५ अर्व रकम लाभकरवापत बुझाउन पर्ने एनसेलले अधिकांश अनलाईन मिडिया, सांसद, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र उद्योग मन्त्री जोशीलाई प्रभावमा पारेर विदेशी लगानी दुरुत्साहित गर्न खोजिएको भन्दै लाभकर छल्न खोजिरहेको छ ।

 एनसेलमा २० प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने शतिशलाल आचार्यले टेलिकम क्षेत्रमा तरंग मच्चाउने विवादास्पद सहसचिव धनराज ज्ञवाली मार्फत पनि कांग्रेसका केही प्रभावशाली नेताहरुसम्म लाभकर छल्न लविङ गरिरहेका छन् ।  स्रोतका अनुसार ज्ञवालीले अर्थ समितिका सभापति प्रकाश ज्वालालाई एनसेलको पक्षमा उभिए राम्रो आर्थिक सहयोग गर्ने प्रलोभन देखाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित