महिला युरो च्याम्पियनसिपः इंग्ल्यान्ड फाइनलमा

england

लन्डन । स्विडेनमाथि ४-० को सहज जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

सेफिल्डमा मंगलबार राति इंग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले समान एक-एक गोल गरे।

पहिलो हाफमा १ गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

इंग्ल्यान्ड महिला युरोको इतिहासमा तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो । यसअघि इंग्ल्यान्ड सुरुवाती संस्करण सन् १९८४ र नवौं संस्करण २००९ मा फाइनलमा प्रवेश गरेको थियो ।

यद्यपि उपाधि भने हात पार्न सकेको छैन । अब, इंग्ल्यान्डले उपाधिको लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित