यस्तो छ आजको माैसम, देशभरका ४ प्रदेशमा भारी वर्षाको सम्भावना

Rain

काठमाडौं । देशका केही स्थानहरूमा आज भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश नम्बर–१, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास छ । पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ र मधेस प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित