नमस्ते किड्स वल्ड मन्टेश्वरी एण्ड डे केयरले गरायो विद्यार्थीलाई थ्रीडी आर्ट म्युजियम भ्रमण

296004654_580258210380519_73474561234353784_n
ललितपुर ।
विगत लामो समयदेखि ललितपुरको बाडेगाउँमा सञ्चालित नमस्ते किड्स वल्र्ड मन्टेश्वरी एण्ड डे केयरले मन्टेश्वरीमा अध्ययनरत बालबालिकाहरुको मनोरञ्जन र वृत्ति विकासका लागि ललितपुरको इमाडोलमा रहेको नेपालकै ठूलो वान डे थ्री डी आर्ट म्युजियममा भ्रमण गराएको छ ।

पढाइसँगै व्यावहारिक शिक्षामा पनि केन्द्रीत रहेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको नमस्ते किड्स वल्र्ड मन्टेश्वरी एण्ड डे केयरले अतिरिक्त क्रियाकलापलाई पनि विशेष प्राथमिकताका साथ जोड्दै आएको तथा साना नानी बाबुहरुलाई ज्ञानमूलक, मनोरञ्जन प्रदान गर्ने उद्देश्यले उक्त भ्रमण गराईएको मन्टेश्वरी सञ्चालक हेमा मर्हजनले बताइन् ।

296190243_580256950380645_396651991883086068_n

स्थापनाकालको छोटो समयमै यस मन्टेश्वरीले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षण/सिकाई पद्धतिका कारण अभिभावकहरुबाट राम्रो प्रतिक्रिया समेत पाएको छ ।

विद्यालय शिक्षणलाई सहयोग पु¥याउने उद्देश्यले नेपालमै पहिलो अन्तर्राष्ट्रिय स्तरको नौलो थ्रिडी आर्ट म्युजियममा भ्रमण गराउँदा आफ्ना नानी बाबुहरुले एकदमै रमाइलो लिएको सञ्चालक मर्हजनले बताइन् ।

   295986332_580258393713834_103472822825749932_n

थ्रिडी आर्ट म्युजियमभित्र रहेको आर्ट पोखरी, आर्टको समुन्द्र, आर्टको पुल, लुम्बिनी, साझा बस, विभिन्न जनावर, कार्टुन, हलो जोताईलगायतका चित्रहरुमा बच्चाहरुले पूर्ण मनोरञ्जन लिएको र यो स्थान निर्विकल्प सबै शैक्षिक संस्थाहरुका लागि शैक्षिक भ्र्रमणका लागि पहिलो विकल्प बन्ने मन्टेश्वरी सञ्चालक हेमा मर्हजनले बताइन् ।

295862837_580258787047128_5336203169345914368_n

प्रतिक्रिया

सम्बन्धित