दाउदको डेड खर्बको सम्पत्ती जफत भएको समाचार दुबइद्वारा अस्वीकार

 dawoodकाठमाडौं । संयुक्त अरब  इमिरेट्सले अन्डरवर्ल्ड डन एवम् डी कम्पनीका प्रमुख दाउद इब्राहिमको १ खर्ब ५० अर्ब बराबरको सम्पत्ती जफत गरेको समाचार झूटो रहेको भारतीय मिडियाले नै जनाएका छन् ।

 भारतमा संयुक्त अरब  इमिरेट्सका राजदुत अहमद अल बन्नाले भारतीय मिडियाहरुमा आएका उक्त समाचार अफबाह मात्र रहेको बताउंदै भनेका छन् - ' कोही व्यक्ती बिरुद्द कारवाही गर्नु पुर्व त्यो देशको आफ्नै कानुनी प्रक्रिया हुन्छ तर दाउदको बारेमा कुनै कानुनी कारवाही भएको जानकारी मलाई छैन ।'

 भारतीय अनलाइन आजतककी पत्रकार श्मिता शर्मासँग  कुरा गर्दै  राजदुत अहमद अल बन्नाले दाउद इब्राहिमको १ खर्ब ५० अर्ब बराबरको सम्पत्ती जफत भएको कुरा अस्वीकार गरेका छन् ।

 भारतीय सोसल मिडियाहरुमा दाउदको १ खर्ब ५० अर्ब बराबरको सम्पत्ती जफत भएको समाचार आएपछी भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई खाइरहेका छन् ।

   मोदी युएई भ्रमणमा जाँदा दुबइमा रहेके दाउदको सम्पत्तिको सुची युएई सरकारलाई बुझाएको थियो।  एविपिन्युजका अनुसार भारतीय राष्ट्रिय सल्लाहकार अजित डोवालको युएई भ्रमणमा उनले दाउदको सम्पत्ति जफत गर्न आग्रह गरेका थिए।  सन् १९९३ मा मुम्बई बम हमलाका योजनाकार पाकिस्तानको सेल्टरमा रहेका दाउदले युएईमा होटल, सपिङमल, हाउजिङमा लगानी गरेको भारतले बताउंदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित