दैनिक संचालन समय थप गर्दै थ्रि डि आर्ट म्युजियम भक्तपुर

280289790_104104708969631_8902499174499598430_n

भक्तपुर । 

थ्रि डि आर्ट म्युजियम भक्तपुरले संचालन समय थप गरेको छ । दैनिक ५: ०० बजे सम्म संचालन हुदै आएको म्युजियमले १७ श्रावण २०७९, मंगलबारबाट साढे दुई घण्टा संचालन समय थप गरेर ७ : ३० बजे सम्म संचालन गर्न लागेको हो । दैनिक काममा ब्यस्त रहने , बेलुकाका समय भक्तपुरको राधे राधे श्रेत्र बिभिन्न प्रयोजनले आउने ब्यक्तीहरुको सुबिधा तथा बेलुकाको संचालन समय थप गर्न आएको सुझाबलाई सम्बोधन गर्दै म्युजियम संचालन समय थप गरिएको बताइएको छ । उक्त श्रेत्रमा बेलुकाको समय हुने चहल पहल बढ्दै गएसँगै बिशुद्ध मनोरन्जन प्रदान गर्ने उद्देश्यले भक्तपुरमा पहिलो पटक संचालनमा आएको म्युजियमले दैनिक संचालन समय थप गरेको हो ।

पछिल्लो समय ब्यबसाहिक हब बन्दै गएको भक्तपुरको राधे राधेमा संचालनमा आएको म्युजियमले त्यस ठाउँमा आउने ब्यक्तीहरुलाई थ्रि डि आर्टमा घुमेर बिभिन्न चित्रहरुसँग साक्षात्कार गर्दै फोटो भिडियो टिकटक आदि बनाएर मनोरन्जन प्रदान गर्दै आएको छ ।


बिशेषत बेलुकाको समयमा भाटभटेनी सुपरमार्केट राधे राधे , फुड हब चिकेन स्टेशन , टान्कुली टाइम्स स्पास लगायतका स्थानमा सामान खरिद एबम् खानपानका लागि आउने ग्राहकहरुलाई लक्षित गरि म्युजियमले बेलुका ७ : ३० बजे सम्म संचालन गर्न लागेको हो ।

नातिदेखि हजुरबुबासम्मका पुस्ताले एकै पटक रमाउन सक्ने गरी बनाइएको म्युजियममा तालमाथि तैरिएको भ¥याङको आकृति, बाघ, हात्ती, घोडा, ऊँट, जलपरीसँगको सामीप्यतादेखि आकासमा उडेको अनुभूति दिने तस्विर लिन सकिन्छ भने समुद्री जीवदेखि जङ्गली जनावरसँग, गौतमबुद्धदेखि सम्पदासम्मको सामीप्यता महसुस गर्न सकिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित