हाफ पाइन्टको टाँकमा ३५ लाख बराबरको सुनसहित १ भारतीय पक्राउ

sun-arrest

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

मंगलबार दिउँसो थाई स्माईल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौँ आइपुगेका भारतीय नागरिक डेभिड मक्कर हाफ पाइन्टमा सुनको टाँक (बटन) लगाएको अवस्थाको पक्राउ परेका हुन् ।

उनले पाँच वटा हाफ पाइन्टभित्र अस्वाभाविक संख्यामा जडान गरिएका टाँकभित्र स–सानो रिङ् बनाएर ४२६ ग्राम सुन लुकाइछिपाई ल्याएका थिए ।

प्रत्येक बटनमा २ वटा सुनका रिङलाई फिट गरेर ल्याइएको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । सुनको प्रचलित बजार मूल्य करिब ३५ लाख रुपैयाँ रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित