विकिलिक्स शैलीमा हलचल मच्चाउने तयारीमा लोकमान

lokmanकाठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा उच्च नैतिक चरित्र नभएको भन्दै अयोग्य ठहर गरेका लोकमानसिंह कार्कीले नेपालका राजनीतिक दलका नेता, अदालत, प्रशासक र आफ्ना विरोधीलाई चुनौति दिन ठूलो डिजाइन रचेको खुलासा भएको छ । स्वास्थ्य उपचारका नाममा भारत पुगेर क्यानडा जाने तरखरमा रहेका कार्कीले उतैबाट आफ्ना विरोधीहरुलाई ठेगान लगाउने अन्तिम उपायका रुपमा ‘विकिलिक्स शैली’ अपनाउन लागेको लोकमान निकट स्रोतले बताएको छ ।

 नेपालमा कुनै पनि राजनीतिक घटनाक्रमको भविश्यवाणी गर्ने अक्टोपस भनेर चिनिने कांग्रेस नेता अम्रेसकुमार सिंह, भारतिय राजदूत रणजित राय, भारतीय खुपिया एजेन्सीका केही कर्मचारीहरुको सल्लाह अनुसार कार्कीले भ्रष्टाचारका महत्वपूर्ण दस्तावेजहरु विकिलिक्स शैलीमा सार्वजनिक गर्ने गृहकार्यमा जुटेपछि यो कुराको रहस्य बाहिर आएको हो ।

 अमेरिकी सेनाको अति गोप्य कागजातहरु सार्वजनिक गरेर विकिलिक्सले संसारभर हलचल मच्चाएझैं कार्कीले पनि माओवादी शिविरमा नक्कली लडाकु बनाई भएको अरबौं भ्रष्टाचार, मानव अधिकारको नाममा खोल ओढेर भित्र्याइएको अरबौं रकमले दुरुपयोग गरिएका निकाय, व्यक्ति र संस्थाको विवरण सार्वजनिक गर्ने तयारीमा छन् । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ  ।

 त्यस्तै सर्वोच्च अदालतका न्यायाधीशले गरेको विवादास्पद ठूला घोटला काण्ड, मन्त्रीहरुको तस्करसँगको कनेक्सन, एनजिओ र आइएनजिओमार्फत राजनीति दलका नेताहरुले दुरुपयोग गरेको रकमको विवरण लगायतका महत्वपूर्ण विवरणहरु सार्वजनिक गरेर बदला लिन कार्कीलाई खुपिया एजेन्सीका दलालहरुले सुझाव दिएको हुँदा कार्कीले त्यसको गृहकार्य थालिसकेको स्रोतको भनाई छ ।

 एथेष्ट प्रमाण नभएपनि शुरुमा कार्कीले प्रधानन्यायाधीश सुशीला कार्की, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, स्वास्थ्य मन्त्री गगन थापा, उर्जामन्त्री जनार्दन शर्मा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सांसद धनराज गुरुङ, रामहरी खतिवडा, सञ्चार उद्यमीद्धय कनकमणि दिक्षित र कैलाश सिरोहियाको कुनै न कुनै काण्ड सार्वजनिक गरेर बदला लिने डिजाइन रचेको स्रोतले बतायो ।

 उनले केही अनलाईन सञ्चार माध्यमहरुलाई आर्थिक रुपमा प्रभावमा पारी चरणबद्ध रुपमा विरोधीहरुलाई खुइल्याउने शैली अपनाएको बुझिएको छ । शाहि कालका मुख्य सचिव कार्की सो पदबाट हटाइएपछि दुई वर्ष गुमनाम जस्तै भई भारत गएर नेपाल फर्किएका थिए । उनले त्यतिबेला केही सञ्चार माध्ययममा अन्तर्वार्ताका क्रममा भनेका थिए–‘डेढ वर्षसम्म म भारतमा रहेको पाइलट बाबाको आश्रममा बसेर धर्मकर्ममा लागेको थिएँ । परमेश्वरले मलाई अख्तियार प्रमुख बनाएका हुन् ।’

 अहिले पनि कार्कीले पाइलट बाबा र खुपिया एजेन्सीहरुको शरणमा परेको र उनीहरुकै सुझाव र योजनामा विकिलिक्स शैलीमा नेपालमा हंगामा मच्चाउने तयारी थालेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित