देशभर थप ४३३ संक्रमणमुक्त हुँदा थप ५५३ मा कोरोना पुष्टी

Corona_Test

 

काठमाडौं । नेपालमा शनिबारको भन्दा नयाँ संक्रमितको संख्या केही घटेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५३ नयाँ संक्रमित थपिएका छन्। मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट ४५१ र एन्टिजेन परीक्षणबाट १०२ जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा २०४० पीसीआर र १७४९ एन्टिजेन गरी ३७८९ कोरोना परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

४३३ जना कोरोनामुक्त भएका छन्। २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन।

सक्रिय संक्रमितको संख्या ५६५९ पुगेको छ । मन्त्रालयका अनुसार यी मध्ये ५५०७ जना होमआइसोलेसनमा रहँदा १५२ जना संक्रमितलाई संस्थागत आइसोलेसनमा राखिएको छ ।

४५ जनाको आइसीयूमा राखी उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यस मध्ये ३ जनालाई भेन्टलेटरमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित