बैंकरलाई राष्ट्र बैंकको चेतावनी

?????????????????????????????????????????????????????????

काठमाडौं । नेपाल बैंकर्स संघले बैंक तथा वित्तिय संस्थाहरुमा तरलता अभाव भएको भन्दै राष्ट्र बैंकमा अनावश्यक चलखेल शुरु गरेको छ । बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको टोली भेला गरी शक्ति केन्द्रमार्फत अनावश्यक दबाब सिर्जना गरेको भन्दै राष्ट्र बैंकका अधिकारीहरु रुष्ट बनेका छन् । राष्ट्र बैंकले चार प्रतिशतको हाराहारीमा तरलता उपलब्ध गराउँदा पनि सहयोग नलिने अनि राष्ट्र बैंकले नै असहयोग ग¥यो भन्दै उनीहरु शक्ति केन्द्र धाएपछि समस्या झन बढेको छ ।

बजारबाट बैंकहरुले १४ प्रतिशतसम्मको व्याजदरमा निक्षेप उठाइरहेका छन् भने तरलताको अभाव भएका त्यस्ता बैंकहरुले अन्तर बैंक सापटी पनि लिने गरेका छन् ।मंगलबार मात्र राष्ट्र बैंकले ४० अर्व रुपैयाँ तरलता लिन बैंकहरुलाई आब्हान ग-यो भने बुधबार ४० अर्वकै ऋणपत्र किन्न आब्हान ग-यो । विहिबार पनि राष्ट्र बैंकले ४० अर्वको ऋण पत्रका लागि आब्हान गरिसकेको छ । राष्ट्र बैंकले अन्तर बैंकको व्याजदरको अनुपात बढि भए मात्रै ऋण पत्र बेच्ने जनाएको छ ।

तरलतामा समस्या नभएको स्ट्याडर्ड चार्टर्ड बैंकले एक अर्व ५३ करोड रुपैयाँ लिएको छ । त्यस्तै २७ वटा बैंक तथा वित्तिय संस्थाहरुले राष्ट्र बैंकको ऋण पत्रमा बोल कबोल गरेका थिए ।

राष्ट्र बैंकले तरलता अभाव हुन नदिन पहल गरेपनि बैंकरहरुले भने कहिले पूर्व अर्थमन्त्री रामशरण महत त कहिले अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटेर तरलता प्रवाह गर्न पहल गरिदिन आग्रह गर्नु अनावश्यक काम भएको राष्ट्र बैंकका एक अधिकारीले बताए । पैसा दिंदा पनि यो भएन र त्यो भएन भन्दै बैंकरहरुले मनपरी गर्न थालेपछि राष्ट्र बैंकले बैंकरहरुलाई चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित