देशका अधिकांश स्थानमा बदली, यी क्षेत्रमा हुनेछ वर्षा

mausam_fani

काठमाडौं। आज बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकीमा वर्षा भइरहेको छ।

दिउँसो देशभर बदली रहनेछ । पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

 बुधबार पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित