कोरोनाबाट एकैदिन ५ जनाको मृत्यु, थप ८१५ जनामा संक्रमण पुष्टी

Corona_Test

काठमाडौं । नेपालमा गत २४ घन्टामा ८१५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ४५३४ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा ४७६ जना कोरोनामुक्त भएका छन् ।

अहिलेको अवस्थामा नेपालमा ५ हजार ८६९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित