नापीका नासु ५० हजार घुससहित पक्राउ

Ghusकाठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नापी कार्यलय कलंकीमा कार्यरत नायव सुब्बालाई ५० हजार घुस सहित रंगेहात पक्राउ गरेको छ । नापी कार्यालयका नासु मचाकाजी महर्जनले किर्तिपुरमा रहेको तीन रोपनी जग्गाको हालसावीक गर्नका लागि भन्दै एक सेवाग्राहिसँग ५० हजार घुस मागेर हैरान गरेका थिए । अख्तियारको टोलीले उक्त सूचनाका आधारमा ५० हजार घुस सहित आज उनलाई कार्यालयबाटै पक्राउ गरि अनुसन्धान गरेको अख्तियार स्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित