बञ्चरेडाँडामा अझै अवरोध, प्रहरीद्वारा हवाईफायर

fohor

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बोकेर गएको गाडीलाई अवरुद्ध गरेपछि बञ्चरेडाँँडामा तनाव भएको छ ।

स्थानीयले गाडीलाई अवरोध गरेपछि प्रहरीले ५ राउण्ड हवाईफायर र केही सेल अश्रुग्याँस प्रहार गरेको छ ।

स्थानीयबासीले प्रहरीमाथि नै ढुंगामुढा प्रहार गरेपछि हवाईफायर गर्नुपरेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताए ।

पछिल्लो समय फोहोर व्यवस्थापनमा बञ्चरेडाँडामा तनाव चलिरहेको छ । स्थानीयहरुले फोहोर फाल्न नदिने चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित