गणेशजात्रालाई लक्षित गर्दै गणेशमन्दिर परिसरमा वृहत सरसफाई

ganesh jatra_1
भक्तपुर । भक्तपुर जिल्लाको सूर्यबिनायक नगरपालिकास्थित गणेशमन्दिरको सरसफाई गरिएको छ ।

विशेष गरी आगामी भाद्र १५ गते मनाइने गणेश जात्रालाई लक्षित गरी बृहत सरसफाईको कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

धार्मिक आस्थाको केन्द्र मानिएको गणेश मन्दिर सरसफाई कार्यक्रममा कार्यक्रममा सूर्यलाई क्षेत्र प्रबन्ध समिति सूर्यविनायक युवा क्लब सूर्यविनायक नगरपालिका वडा नम्बर ८ र ६ गणेश महिला समूह स्थानीय बासिन्दा नगर प्रहरी महानगरी प्रहरी वृत जगाति गोर्खाज किङ्डम नेप्से मक्याक लगायत स्थानीय बासिन्दाहरु को सक्रिय उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

ganesh-1

आगामी भाद्र १५ गते मनाइने गणेश जात्रालाई लक्षित गरी बृहत सरसफाईको कार्यक्रमको आयोजना गरिएको वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले बताए ।

उनले भने, ‘छोटो तयारीका बाबजुत राम्रो उपस्थितिका साथ सरसफाई कार्यक्रम सफल भएको छ ।’ सरसफाई कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै वडाध्यक्ष बस्नेतले वडाका अन्य सार्वजनिकस्थलहरुमा पनि सरसफाई अभियान नै चलाएको समेत जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित