सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल गर्न गठबन्धन शीर्ष नेताको बैठक 

gathabandhan-1536x718

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक आज बस्ने भएको छ । बिहान १० बजे बालुवाटारमा बस्ने बैठकले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल हुनेछ । 

चुनाव आगामी मंसिर ४ गते तय भएको छ । 

कार्यदलको बुधबारको बैठकले शीर्ष नेताहरूबीचको छलफलबाट सिटबारे टुंगो लगाउने निर्णय गरेको थियो । 

कार्यदलले स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट संख्याको मोडेल लगायत मोडल प्रस्ताव गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित