वाईसिएलको राष्ट्रिय सम्मेलन सुरु हुँदै, प्रचण्डले उद्घाटन गर्ने

YCL

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को युवासंगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को दोस्रो राष्ट्रिय भेला आज (शुक्रबार) बाट काठमाडौंमा सुरू हुँदैछ।

प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भेलाकोउद्घाटन बिहान ११ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ।

भेलाले नयाँ नेतृत्व चयन गर्नेछ। भेलामा भुगोल तथा गैरभुगोल जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधि सहभागी रहनेछन्।

भेलामा राजनीतिक प्रतिवेदन, विधान संशोधन, समसामयिक राजनीतिक प्रस्तावमा व्यापक छलफल र बहसद्वारा सर्वसम्मत पारितगर्नेछ। विधान अनुसार केन्द्रीय समिति, पदाधिकारी सर्वसम्मत निर्वाचित गरिने वाइसिएलका संयोजक सुमन देवकोटाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित