मध्यरातमा बाँके केन्द्रविन्दु भइ भूकम्पको धक्का महसुस

Bhukampa

काठमाडौं । बाँकेमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ ।

बाँकेको कोहलपुर र काभ्रेभीरको मध्यभागमा केन्द्रविन्दु भएर राति १ः२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

स्थानीयवासीले भूकम्पको धक्का महसुस गरेको बताएका छन्। आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको जनाएका छन्।

यस अगाडि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया

सम्बन्धित