भक्तपुरबाट पनि सवारी लाइसेन्स वितरण

licenceकाठमाडौं : यातायात ब्यवस्था विभागले आइतबारदेखि भक्तपुरको जगातीबाट पनि लाइसेन्स वितरणको काम शुरु गर्ने भएको छ । लामो समय तयारी गरेरहेको विभागले स्वयम्भुको ठूलोभर्‍याङपछि आइतबारबाट जगातीस्थित नयाँ कार्यालयबा पनि सेवा सुरु गरेको हो । कार्यालय खुलेपछि अहिले यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा लाग्ने भीड घट्ने दावी अधिकारीहरुको छ । आफू मातहतको ट्रायल सेन्टर नभएकाले सुरुवातमा यो कार्यालयले लाइसेन्स नवीकरणको काम गर्नेछ । यस्तै लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन पनि कार्यालयले बुझ्नेछ । विभागले केही साताअघि मात्रै लाइसेन्सका लागि अनलाइन आवेदन खुला गरेको छ । अब काठमाडौंको चाबहिलमा पनि लाइसेन्स वितरण गर्ने कार्यालय खुल्नेछ । जगातीस्थित कार्यालयको भने आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित