जापानी प्रधानमन्त्रीलाई कोभिड संक्रमण

fumo kisida

टोकियो। जापानका प्रधानमन्त्री फुमिओ किसिदालाई कोभिड १९ संक्रमण भएको छ ।

प्रधानमन्त्री किसिदा प्रधानमन्त्रीको आवासीय निवासमा एकान्तमा रहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । एक साता लामो बिदापछि प्रधानमन्त्री काममा फर्किरहेका बेला उनलाई कोभिड भएको हो ।

खोकी र ज्वरो महसुस गरेपछि उनले आईतबार बिहान पीसीआर परीक्षण गरेका थिए । जापानले कोरोनाभाइरस संक्रमणमा रेकर्ड दरमा वृद्धि भएको छ । कोभिडले विश्वको तेस्रो–ठूलो अर्थतन्त्र भएको देश जापानलाई चौपट प्रभावित छ ।

जापानमा दैनिक २ लाखभन्दा बढीलाई कोभिड संक्रमण भएको छ ।  

प्रतिक्रिया

सम्बन्धित