भूकम्प दिवस औपचारिकतामा मात्र सिमिति

[caption id="attachment_24867" align="alignleft" width="480"]फाइल तस्विर : फाइल तस्विर[/caption]

काठमाडौं : आज १९ औं भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।सरकारले आज काठमाडौंको साँखुमा एक विशेष कार्यक्रमको आयोजना गरी भूकम्पबाट हुने क्षति कम गर्न जनचेतनामूक कार्यक्रम गरिरहेको छ । २०७२ साल वैसाख १२ गतेको विनाशकारी भूकम्पबाट धेरै जनधनको क्षति भएको काठमाडौंको साँखुमा ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने नाराका साथ भूकम्प सुरक्षा दिवस मनाईंदै छ । आज ११ बजेर ५५ मिनेटमा सरकारी प्रतिनिधिहरुको सहभागिताा जनचेतनामूलक कार्यक्रमसँगै भूकम्पप्रतिरोधी सामग्रीको प्रदर्शनी गरिने छ । प्रदर्शनी पाँच दिनसम्म चल्ने बताइएको छ । १९९० सालको विनाशकारी भूकम्पले ठूलो मात्रामा जनधनको क्षति गरेको स्मृतिसँगै भूकम्पप्रतिरोधी संरचना निर्माण गरी भूकम्पबाट हुने क्षति कम गर्न यो दिवस मनाईँदै आएको छ । २०५६ सालदेखि माघ २ गतेलाई सरकारी स्तरबाटै भूकम्प सुरक्षा दिवसका रुपमा मनाउने गरिएको छ । २०५६ सालदेखि निरन्तर भूकम्प सुरक्षा दिवस मनाउन थालिएको भए पनि प्रभबकारी बन्न नसक्दा २०७२ सालको भूकम्पमा ठूलो क्षति ब्यहोर्नु पर्यो । २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएपछि अघिल्लो माघ २ गते तत्कालिन सरकारले विशेष कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाएको थियो । तर त्यतिबेला सुरु गरिएको कुनै पनि काम अझैसम्म पूरा भएका छैनन् । भूकम्प दिवस औपचारिकतामा मात्र सिमिति हुँदा त्यसले कुनै फाइदा पुर्याउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित