गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेलगत्तै सकिए दुवै सदनका आजको बैठक

savamukh

काठमाडौं । प्रतिनिधिसभाले सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेकोछ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरिको निधनप्रति शोकप्रस्ताव सर्वसम्मतीले पारित गरेको हो । 

२०५१ को संसदीय चुनावमा सिरहा–५ बाट निर्वाचित भएका गिरि २०६२÷०६३ को जनआन्दोलन पछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। 

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७४ वर्षीय गिरिको गत शनिबार रातिललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

सभामुख अग्निप्रसाद सापकोटाले राखेको गिरिको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतीले पारित गरेको हो । 

प्रतिनिधिसभाको अर्काे बैठक ७ भदौ मंगलबार १० बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए । 

त्यस्तै राष्ट्रिय सभाले पनि प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो । 

सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राखेको गिरिको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतीले पारित गरेको हो । 

राष्ट्रिय सभाको अर्काे बैठक १२ भदौ आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित